चितवनमा आज चार जना कोरोना संक्रमितको मृत्यु
चितवन । चितवनमा शनिबार चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा तीन जनाको मृत्यु भएको छ । सो अस्पपतालमा बारा ,स्याङजा र चितवनका एक–एक संक्रिमितको मृत्यु भएको हो ।
यस्तै भरतपुर अस्पतालमा मकवानपुरका एक संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । चितवनका अस्पतालमा हाल ५२ जना कोरोना संक्रिमितको उपचार भइरहेको छ । अस्पतालमा उपचाररत ८ जना शनिबार कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
चितवनमा शनिबार १७४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा संक्रिय संक्रिमितको संख्या ४ हजार १९५ पुगेको छ ।







