बुवाले चलाएको ट्रयाक्टरको ठक्करबाट छोरीको मृत्यु

अखबार हब
२०७८ माघ १५, शनिबार १६:४६

झापा । झापाको दुर्गापुरमा ट्रयाक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

आज कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्रयाक्टरले ठक्कर दिँदा दुई वर्षीया आरुची दुलालको मृत्यु भएको हो । बुवा बालकृष्णले चलाएको मे। १ त ७५९ नम्बरको ट्रयाक्टरले किच्दा खेलिरहेकी आरुची गम्भीर घाइते भएकी थिइन् ।

उनको बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*