२० जिल्लाका सिडिओलाई गृहमन्त्रीको फोन

अखबार हब
२०७८ माघ १५, शनिबार १२:०३

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेका छन्।

जिल्लामा कोभिड–१९ संक्रमण, शित लहरको अवस्थालगायत बारेमा खाणले सिडिओहरूलाई फोन गरेर जानकारी लिएका हुन्।

खाणले शनिबार बिहान फोन गरी सिडिओहरूलाई सितलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे पनि सोधेका थिए।

सरकारले गत मंसिर १ गते रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शितलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको थियो। त्यो निर्देशनको कतिको कार्यान्वयन भयो भनेर मन्त्री खाणले जानकारी लिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*