सत्ता गठबन्धनको बैठक जारी, जनमोर्चा अनुपस्थित

अखबार हब
२०७८ माघ १५, शनिबार १०:५९

काठमाडौँ । पाँचदलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।

केही बेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत नेता सहभागी छन्।

तर राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी छैनन्।

निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा घोषणा हुन सकेको छैन।

पछिल्लो पटक संविधानसँग बाझिएका कानुन संशोधनको दाबी गरेको गठबन्धनको बैठक बसेको हो।

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव एकैपटक गर्ने गरी छलफल गर्दै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*