प्रदेश युवा परिषदद्वारा उत्कृष्ट लोगो र स्लोगन बनाउनेलाई पुरस्कृत

अखबार हब
२०७८ माघ १४, शुक्रबार २०:२६

मकवानपुर । बागमती प्रदेशको प्रदेश युवा परिषद्ले आफनो बार्षिक स्वीकृत कार्यक्रम अनुसार उत्कृष्ट लोगो र स्लोगन बनाउनेलाई पुरस्कृत गरेको छ । परिषद्को कार्यालयको आफ्नै लोगो र स्लोगन तयार पार्नका लागि खुल्ला रुपमा प्रतिस्पर्धा गराएर छनौट गर्नका लागि बिज्ञापन समेत गरेको थियो । त्यही बिज्ञापनका आधारमा प्रतिस्पर्धी मध्यमा उत्कृष्ट हुनेलाई आज युवा परिषद्को कार्यालयमा पुरस्कृत गरिएको हो ।

आज परिषद् परिसरमा आयोजित एक कार्यक्रमका बीचमा परिषद्ले आफ्नो स्लोगन र लोगो बनाउनेलाई सम्मान गरेको हो । परिषद्ले बिभिन्न तिन चरणमा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकासन गरेर लोगो र स्लोगनको माग गरेको थियो । जसमा प्रारम्भिक चरणमा लोगोतर्फ र स्लोगनतर्फ ३/३ जना छनौट भएका थिए । उनीहरुमध्ये उत्कृष्ट स्लोगन लेख्ने केशव समर्पण सुबेदी र उत्कृष्ट लोगो बनाउने निश्चल पराजुलीलाई परिषद्ले पुरस्कृत गरेको हो ।

उनीहरुलाई आज प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले पुरस्कृत गर्नु भएको हो । स्लोगन तर्फ केशब सर्मपण सुबेदीले लेखेको सिर्जनशीलता र उद्यमशिलता प्रवर्धनः बागमतीमा युवा सशक्तीकरण स्लोगन उत्कृष्ठ ठहरीएको थियो भने निश्चल पराजुलीले बनाएको लोगो उत्कृष्ट भएको थियो । उत्कृष्ठ लोगो बनाउने पराजुलीलाई नगद ५० हजार सहित सम्मानपत्र प्रदान गरीएको थियो । भने स्लोगनतर्फ केशब सर्मपण सुबेदीलाई नगद ३० हजार सहित सम्मानपत्रले सम्मान गरीएको थियो ।

पुरस्कृत दुबैजनालाई परिषद्का कार्यकारी उपाध्यक्ष चौलागााईले पुरस्कार रकम प्रदान गर्नुभयो । प्रतियोगीतामा डा शकंर उपाध्यय, साहित्यकार निमेष निखिल, पत्रकार गिरिजा अधिकारी र अधिबक्ता ऋषि केबी निर्णायकको रुपमा रहेका थिए । युवा परिषदको कार्यालयले बार्षिक स्वीकृत कार्यक्रम अनुसार बिभीन्न जिल्लामा गएर आफ्ना कामलाई अगाडी बढाएको छ । परिषद्मा कार्यकारी उपाध्यक्षका रुपमा आएपछी युवाहरुको क्षेत्रमा महत्वपूर्ण कामहरु भएको छ । सुरुमा एन, नियम र कार्यबिधी निर्माणपछी अहिले भने कामलाई तिब्रता दिइएको उहाँले बताउनुभयो ।

युवाहरुको हकहितको संरक्षण, सम्बर्द्धन र सशक्तीकरणमार्फत् शिक्षा, सीप, उद्धमशीलता र रोजगार प्रर्वधन गर्ने उद्धेश्यका साथ प्रदेशको युवा तथा खेलकुद मन्त्रालयअन्तरगत प्रदेश युवा परिषदको कार्यालय स्थापना गरिएको हो । प्रदेश सरकारले प्रदेश युवा परिषद् ऐन र नियमावलीसमेत जारी गरी कार्यान्वयन गरिसकेको छ । सोही ऐन अनुसार स्थापित प्रदेश युवा परिषद्को कार्यालयले स्थापनाको छोटो समयमा कार्यालय स्थापनाका साथै प्रदेशको १३ वटै जिल्लामा जिल्ला शाखा गठन गरिसकेको प्रदेश युवा परिषद्को कार्यालयका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*