माधव नेपालको दाबी– राष्ट्रियसभाका सबै सिट जित्छौं

अखबार हब
२०७८ माघ १२, बुधबार १३:३३

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको आज भइरहेको चुनावमा गठबन्धनले सबै सिट जित्ने दाबी गरेका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पार्टी प्रवेश गरेकाहरूलाई स्वागत गर्दै नेपालले यस्तो दाबी गरेका हुन । राष्ट्रियसभाको चुनावको परिणामले अन्य चुनावमा पनि तरंग पैदा गर्ने उनले बताए । उनले भने, ‘सबै ठाउँमा हामी जित्छौं । त्यसले पनि एउटा तरंग पैदा गर्नेछ ।’

संविधानलाई सर्वोपरी राखेर कानूनअनुसार नै चुनाव हुनुपर्छ भन्ने आफूहरूको भनाइ रहेको बताउँदै उनले सबै चुनाव एकैपटक गर्नसक्दा राम्रो हुनेमा जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*