मतदान शुरु हुनसाथ सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

अखबार हब
२०७८ माघ १२, बुधबार १०:४३

जनकपुरधाम । राष्ट्रिय सभाको मतदान जारी रहेको बेला मधेश प्रदेशमा सिके राउतका कार्यकर्ताले प्रदर्शन गरेको छ। जनकपुरधामको महेन्द्र नारायणनिधि प्रतिष्ठान नजिकै राउतका कार्यकर्ता प्रदर्शनमा उत्रेका हुन्।

प्रहरीले प्रदर्शन नियन्त्रण गर्ने क्रममा जनमत पार्टीका कार्यकर्तासँग झडप भएको छ। भिड नियन्त्रणका लागि प्रहरीले दुई राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ।

दंगा नियन्त्रणका लागि अहिले उक्त क्षेत्रमा बाक्लो रूपमा प्रहरी परिचालन गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*