वागमतीमा माओवादी सांसदले भोट हालेको तस्बिर खिचेपछि तनाव

अखबार हब
२०७८ माघ १२, बुधबार १०:३७

मकवानपुर । वागमती प्रदेश सांसद हिमाली गोलेले आफैले मतदान गरेको तस्बिर खिचेपछि हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा भइरहेको राष्ट्रिय सभा चुनावमा तनाव सिर्जना भएको छ । दोलखाबाट माओवादीकी समानुपातिक सांसद रहेकी लामाले मतदान गरेको तस्बिर खिचेपछि प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठबीच केहीबेर भनाभनको अवस्था उत्पन्न भएको हो ।

प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले सांसद लामालाई उक्त तस्बिर हटाउन आग्रह गरेका थिए । त्यसपछि मतदानका क्रममै रहेका माओवादीका अर्का सांसद राजकाजी महर्जन श्रेष्ठसँग भनाभन गर्न पुगेका हुन् । श्रेष्ठ ललितपुर क्षेत्र नम्बर ३(क) बाट निर्वाचित सांसद हुन् । सांसद लामाले यसअघिको राष्ट्रिय सभा चुनावमा मतदान गरेकी थिइनन् ।

प्रमुख निर्वाचन अधिकृतसँग विवादपछि महर्जन र गोले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई घटनाबारे जानकारी गराएर मतदानस्थलबाट बाहिरिएका छन् । उनीहरूले मुख्यमन्त्रीलाई जानकारी गराउँदा प्रदेशका मुख्यमन्त्रीहरू पनि उपस्थित थिए ।

राष्ट्रियसभा सदस्यअन्तर्गत् वागमती प्रदेशतर्फ खाली रहेको दुई सिटका लागि हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार बिहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजे टुंगिनेछ । ४ बजेपछि मतगणना सुरु गर्ने र ७ बजेभित्र अन्तिम नतीजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*