स्थानीय तहको चुनाव धकेल्न खोजेकोमा गठबन्धनप्रति एमाले महासचिवको व्यंग्य

अखबार हब
२०७८ माघ ६, बिहीबार ११:२०

काठमाडौं । स्थानीय तहको निर्वाचनअघि संघीय संसदको निर्वाचन गर्ने प्रस्तावप्रति नेकपा एमाले महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनको व्यंग्य गरेका छन् ।

महासचिव पोखरेलले सामाजिक संजालमा लेखेका छन्, ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठवन्धन स्थानीय चुनाव पछि सार्ने गरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे ! ’

गठबन्धनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्थानीय तहको निर्वाचनअघि संसदीय निर्वाचन गर्नुपर्ने पक्षमा उभिएका छन् ।

‘एमालेले निरन्तर संसद अवरोध’ गर्दा संसदको औचित्य पुष्टि हुन नसकेको भन्दै स्थानीय तहको निर्वाचन पछि धकेलेर संघीय संसदको निर्वाचन अगाडि गर्न उनीहरूको जोड छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*