एमाले मकवानपुर जिल्ला अधिवेशनमा भूगोल अन्तर्गत ५ पालिकाबाट सदस्य सर्वसम्मत

अखबार हब
२०७८ पुष २४, शनिबार १६:४५

मकवानपुर । एमाले मकवानपुरको जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यका लागि ५ वटा गाउँपालिकाबाट सर्वसम्मत सदस्य चयन भएका छन् । पार्टीले जारी गरेको सर्कुलर अनुसार राक्सिराङ, बागमती, मकवानपुरगढी, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकामा महिला तथा खुला गरि तोकिएका सदस्यहरुले मात्र उम्मेदवारी दर्ता गराएपछि भूगोल अन्तर्गत ५ पालिकाबाट जिल्ला सदस्य चयन निर्विरोध निर्वाचित भएका हुन् ।

राक्सिराङ गाउँपालिकाबाट ४ खुला र १ महिला सदस्यमा क्रमशः बाबुराम स्याङ्तान, मान बहादुर वाइबा, सञ्जय कोइराला, सिंगलाल चेपाङ र सुन्तली माया प्रजा चयन भएका छन् । बागमती गाउँपालिकाबाट पनि ४ खुला र १ महिला सदस्यमा क्रमशः कमल राई, जय बहादुर वाइबा, मंगल रखाल, मदन कुमार दुरुङच्याङ र धनमाया स्याङ्तान निर्विरोध भएका छन् । मकवानपुरगढी गाउँपालिकाबाट ३ खुला सदस्यमा मेम्बर लो, बिदुर हुमागाई र हरि प्रसाद कडेल सर्वसम्मत हुँदा १ महिला सदस्यमा रमिला तामाङ निर्विरोध भएकी हुन् ।

यसैगरी भूगोल अन्तर्गत नै भीमफेदी गाउँपालिकाबाट पनि ४ खुला र १ महिला सदस्यमा क्रमशः जहार सिंह लामा, द्रोण भद्र पुडासैनी, प्रकाश पुडासैनी, सुरेन्द्र बहादुर थिके र पञ्चमाया स्याङतान तथा इन्द्रसरोवर गाउँपालिकाबाट २ खुला र १ महिलातर्फ ऋषिराम पुडासैनी, बुद्धिराम डिम्डुङ र रेशम कुमारी घिसिङलाई पनि सर्वसम्मत रुपमा जिल्ला सदस्य चयन गरिएको छ ।

यस्तै भूगोल अन्तर्गत नै हेटौंडा उपमहानगरपालिकाबाट ४ महिला सदस्यमा ५ जनाले उम्मेदवारी दिएपनि सुमित्रा चौलागाई पाण्डेले आपसी छलफल गर्दै उम्मेदवारी फिर्ता लिएपछि महिला सदस्यहरु सर्वसम्मत भएका छन् । हेटौंडाबाट महिला सदस्यहरुमा दुर्गा नेपाल, विना वाइबा थिङ, रेखा खतिवडा र सरस्वती दाहाल चयन भएका हुन् । ६ खुला सदस्यका लागि भने २० जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै थाहा नगरपालिकाबाट २ महिला सदस्यमा कल्पना बलामी र सुनिता दोङ सर्वसम्मत भएका छन् । थाहाबाट ४ खुला सदस्यका लागि भने ८ जनाले उम्मेलवारी दर्ता गराएका छन् । यसैगरी कैलाश र मनहरी गाउँपालिकाबाट पनि १/१ महिला सदस्यमा सर्वसम्मत भएका छन् । महिला सदस्यमा कैलाशबाट सुकुमाया थिङ र मनहरीबाट बिमला कार्की निर्बिरोध निर्वाचित भएका हुन् । ४÷४ जनाको खुला सदस्यमा कैलाश र मनहरीबाट क्रमशः ६ र ८ जनाको उम्मेदवारी परेको छ ।

जिल्ला अधिवेशन अन्तर्गत नै मजदुरतर्फको ४ खुला सदस्यमा अर्जुन ढुङ्गेल, धर्म बस्नेत, बिक्रम लामा र लालकृष्ण प्याकुरेल तथा महिला सदस्यमा गीता कार्की पुर्ण सर्वसम्मत नै चयन भएका छन् । जनजाति, अल्पसंख्यक, मुस्लिम तथा अपाङ्गता तर्फको २ महिला सदस्यमा जानकी चौधरी र प्रतिमा श्रेष्ठ सर्वसम्मत हुँदा ४ खुला सदस्य १२ जनाले उम्मेदवारी दिएका छन् । पेशागततर्फ १ खुला सदस्यमा ३ जनाको उम्मेदवारी पर्दा १ महिला सदस्यमा सुशिला गजुरेल सर्वसम्मत निर्वाचित भएकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*