एमाले मकवानपुरको जिल्ला अधिवेशन कार्यतालिका सार्वजनिक

अखबार हब
२०७८ पुष २२, बिहीबार १६:५८

मकवानपुर । नेकपा एमाले मकवापनुरले आसन्न ११औँ जिल्ला अधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ । भोलिदेखि हेटौँडा हुने जिल्ला अधिवेशको पूर्व सन्ध्यामा एमाले मकवानपुरले कार्यतालिका सार्वजनिक गरेको हो ।

एमालेका ७७ वटै जिल्लाको जिल्ला अधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलील भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यतालिका रहेको छ । जसअनुसार मकवानपुर जिल्ला अधिवेशनमा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईन्चार्ज काशिनाथ अधिकारीको विशेष आतिथ्यता रहनेछ । बिहान ११ः३० बजे उद्घाटन हुने जिल्ला अधिवेशको भोलि बेलुका ५ बजेबाट बन्द सत्रको कार्यक्रम हुने प्रचार प्रसार उपसमिति संयोजक नविन सिग्देलले जानकारी दिए ।

यस्तै सोही दिन बेलुका ५ बजे मतदाता नामावली प्रकाशन, अन्तिम नामावली प्रकाशन ६ बजे हुनेछ भने राति ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । यसैगरी २४ गते विहान २ बजे उम्मेदवारको प्रारम्भीक नामावली प्रकाशन र बिहान ८ बजे अन्तिम नामावली प्रकाशनसंगै १० बजेदेखि ४ बजेसम्म मतदान कार्यक्रम हुने संयोजक सिग्देलले बताएका छन् ।

जिल्ला अधिवेशनमा आयोजक प्रतिनिधि ३३५,मनोनित प्रतिनिधि ३९,यस्तै बागमती गाउँपालिकाबाट २५, भीमफेदी गाँउपालिकाबाट २४, कैलाशबाट २५, हेटौँडा उपमहानगरपालिकाकाबाट १४९, बकैयाबाट ३०, ईन्द्रसरोवरबाट २१, राक्सिराङबाट २८, मकवानपुर गढीबाट ३२, थाहा नगरपालिकाबाट ४२ र मनहरी गाउँपालिकाबाट २९ जना प्रतिनिधिहरु सहभागी हुनेछन् । यस्तै पेशागतबाट ६ र मजदुर ९ जना प्रतिनिधि छनौट भएको एमाले मकवानपुरले जनाएको छ ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ सहित जम्मा १ सय ५ जनाको जिल्ला कमिटी चयन गर्नेछ । जसमा बागमती गाँउपालिकाबाट ४ खुल्ला र १ महिला गरी ५ जना, बकैया गाउँपालिकाबाट ४ खुल्ला र २ महिलासहित ६ जना, गढी गाउँपालिकाबाट ३ खुल्ला र १ महिलासमेत गरी ४ जना, भीमफेदीबाट ४ खुल्ला र १ महिला गरी ५ जना, ईन्द्रसरोवरबाट २ खुल्ला र १ महिला गरी ३ जना, थाहा नगरपालिकाबाट ४ खुल्ला र २ महिलासमेत गरी ६ जना, कैलाशबाट ४ खुल्ला र १ महिला गरी ५ जना, राक्सिराङबाट ४ खुल्ला र १ महिला गरी ५ जना, मनहरीबाट ४ खुल्ला र १ महिला गरी ५ जना र हेटौँडा उपमहानगरपालिकाबाट ६ खुल्ला र ४ महिला समेत गरी १० जनालाई जिल्ला कमिटीमा समाहीत गर्ने कार्यतालिका रहेको छ ।

यस्तै मजदुर ईलाका ४ खुल्ला र १ महिलासहित ५ जना, पेशागत तर्फ १ महिला र १ खुल्ला गरी २ जना, जनजाति, मुस्लिम, अल्पसंख्यक बाट ४ खुल्ला र २ महिला गरी ६ जना जिल्लामा कमिटीमा समावेश हुनेछन् । त्यसैगरी दलितमा २ खुल्ला र १ महिला गरी ३ जना, महिला खुल्लामा १४ जना र अन्य खुल्लामा १६ जना गरी जम्मा १ सय ५ जनाले. एमाले मकवानपुरको जिल्ला कमिटीमा स्थान पाउने छन् ।

यसैगरि पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर रानाले जिल्ला अधिवेशन पछि एमाले गाउँगाउँ गएर पार्टीका गतिविधिलाई तिब्रता दिने बताए । उनले अहिलेको सत्ता गठबनधन सरकार विकास निर्माणको कामलाई अघि बढाउन नसकेको टिप्पणी गर्दै नेपाली जनताको समृद्ध नेपाल,सुखि नेपालीको चाहाना एमालेले मात्र पुरा गर्न सक्ने बताए ।

प्रेस चौतारी मकवानपुर जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल, संविधान सभा सदस्य अनन्त पौडेल, एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल, सचिव एकालाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*