मुख्यमन्त्री पाण्डेलाई पत्रकार महासंघ प्रदेश समितिलको दशबुँदे माग पत्र
मकवानपुर । नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिले यसै प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई दशबँुदे माग पत्र बुझाएको छ ।
महासंघका अध्यक्ष शिव देवकोटाले मुख्यमन्त्री पाण्डेलाई प्रदेशका १३ जिल्लामा सूचना केन्द्र स्थापना, हेटौंडामा महासंघको प्रदेश कार्यालय स्थापना, सवै पत्रकारहरुलाई वीमाको दायरामा समेट्न र सञ्चारमाध्यमको दीगोपनाका लागि आवश्यक नीति तर्जुमा गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
मागपत्रमा सञ्चारकर्मीहरुका लागि विधागत पत्रकारिता तालिम, छात्रबृत्ति, विरामी पत्रकारहरुको उपचार, चितवन र काभ्रेमा तालिम केन्द्रको स्थापना, कोरोनाका कारण समस्यामा रहेका सञ्चार माध्यमहरुलाई सहयोग, नीतिगत बिज्ञापन प्रणालीको व्यवस्थापन माग गरिएको छ ।
मुख्यमन्त्री पाण्डेले सञ्चार क्षेत्रको समग्र विकास र सञ्चारकर्मीहरुको समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । प्रदेश सरकारको सफलतामा सञ्चार क्षेत्रको रचनात्मक भूमिका अपेक्षित रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भएको तथ्यलाई आत्मसाथ गर्दे अगाडि बढ्ने बताए ।







