नेपाली काङ्ग्रेसका युवा नेता सापकोटाले गरे क्यान्सर पीडितलाई नगद सहयोग

अखबार हब
२०७८ पुष २०, मंगलवार १४:५९

मकवानपुर । नेपाली काङ्ग्रेस मकवानपुर क्षेत्र नं. १ का संघीय सदस्य योग्यराज सापकोटाले आज हेटौंडा ८ कमानेका क्यान्सर पीडित किरण राईको उपचारका लागि नगद रकम सहयोग गरेका हुन् ।

हेटौंडाको सितलमहल चोकमा रहेको ‘सहारा मल्टिपर्पस को–अपरेटिभ सोसाइटी लि.’मा कार्यरत आफ्नो धर्मपत्नी अस्मिता ढुंगानाको १ महिनाको तलब बराबरको रकम सापकोटा आफुले सहयोग गरेका हुन् ।

नेपाली काङ्ग्रेस मकवानपुर क्षेत्र नं.१ संघीय सदस्य सापकोटा विभिन्न सामाजिक कार्यमा दिलोज्यान दिएर लाग्नेगरेका छन् । खुल्ला हृदय भएका उनी हेटौंडाकै एक उदाहरणीय व्यक्ति हुन् । रोगि, दीनदुखी, असहाय र बिपन्न बर्गका मानिसलाई सहयोग गर्नुपर्छ भन्ने भावना भएका सापकोटा एक उद्दारवादी युवा नेता हुन् ।

सोमबार बेलुकाको समयमा समाजसेवि एव्म राजाबादी विवेक बिक्रम शाह र सापकोटा पीडितकै घरमा पुगि क्यान्सर पीडित राइको छोरा, श्रीमती र आमाको हातमा नगद २५ हजार १ सय १५ रुपैयाँ हस्तान्तरण गरेका थिए ।

सापकोटाले बिगतका लामो समयदेखी विभिन्न समयमा विभिन्न व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेका छन् । विभिन्न समयमा सहयोग गर्नका लागि जनताको घरमा पुग्ने सापकोटा आइ एम इ लाइफ इन्स्योरेन्स कम्पनी लि। का चिफ एजेन्सी मेनेजर (MDRT) पदमा रहेर कार्य गरिरहेका छन् ।

पीडित राईको हाल भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचार भैरहेको छ। आर्थिक स्थिति कमजोर भएका क्यान्सर पीडित राइको उपचारका लागि पीडित परिवारले सहयोगी दाताहरुलाई सहयोग जुटाइ दिनुहुन आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*