एमालेले छान्यो राष्ट्रियसभा सदस्यका उम्मेदवार
काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले १९ जना उम्मेदवारको नाम टुंगो लगाएको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रदेश १ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पा, प्रदेश २ बाट असर्फी भिनवार यादव र विना साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यस्तै, वागमती प्रदेशबाट गोपाल शाक्य र निरकुमारी कुँवर दर्लामी, गण्डकी प्रदेशबाट गोविन्दबहादुर नेपाली, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशबाट कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता, कर्णाली प्रदेशबाट पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मा, सुदूरपश्चिम प्रदेशबाट नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
मंगलबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ।







