एमाले मकवानपुरको १०२ वटै वडामा प्रतिनिधि छनोट हुँदै

अखबार हब
२०७८ पुष १६, शुक्रबार ०९:३७

मकवानपुर। नेकपा एमाले मकवानपुरले ११ औं जिल्ला अधिवेशनको लागि आज जिल्लाको १० वटै स्थानीय तहको १ सय २ वटा वडामा प्रतिनिधि छनोट गर्ने भएको भएको छ ।

आउँदो यहि पुस २३ र २४ गते हेटौंडामा हुने जिल्ला अधिवेशनको लागि आज जिल्लाको १ सय २ वटै वडामा सर्वसम्मत प्रतिनिधि छनोटको तयारी रहेको एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठले जानकारी दिए । उनले जिल्लाका ९ हजार संगठित सदस्यहरुले वडाबाट जिल्ला अधिवेशनको लागि प्रतिनिधि छनोट गर्ने बताए ।

सचिव श्रेष्ठका अनुसार १ सय २ वडाबाट ४ सय १६ जना प्रतिनिधि,जिल्ला आयोजक कमिटीका ३ सय ३८ जना र मनोनित गर्न बाँकी सहित गरेर जिल्ला अधिवेशनको लागि ८ सय प्रतिनिधि हुनेछन् । प्रतिनिध छनोट गर्दा एमालेले खुलामा ३० जना संगठित सदस्य बराबर एक, महिलाको २० जना संगठित सदस्य बराबर एक,१० जना दलित प्रतिनिधि बराबर १ प्रतिनिधि, एउटै पालिकाबाट ३ जनाभन्दा बढी दलित प्रतिनिधि आउने भएमा १ महिला अनिवार्य हुनुपर्ने एमाले मकवानपुरले जनाएको छ । १ सय २ वटै वडामा प्रतिनिधि छनोटको सहजिकरण जिल्ला सदस्यले गर्ने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*