मकवानपुर प्रहरीद्वारा राप्ती खोलाबाट ६ वटा ट्याक्टर नियन्त्रणमा
मकवानपुर। अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरि ओसारपसार गर्ने ६ वटा ट्याक्टर मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौंडा स्थित राप्ती खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ ग्राभेल उत्खनन गरि लोड गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
बिहीबार दिनको १२ बजेको समयमा ना. ६ त ३७८३, ना. ४ त ५७०७, ना. ६ त २९१७, ना. ६ त १०५१, ना. ७ त ५९७२, ना. र अनटेस्ट नम्बरको ट्याक्टरले अवैध रुपमा नदीजन्य पदार्थ ग्राभेल उत्खनन गरि लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागी जिल्ला समन्वय समितिको कार्यालय पठाउने कार्य भइरहेको प्रहरीले जानकारी दिएको हो ।







