हिउँले अवरुद्ध त्रिभुवन राजपथ सुचारु
मकवानपुर। हिउँको कारण अवरुद्ध त्रिभुवन राजपथ सुचारु भएको छ ।
मकवानपुरको सबैभन्दा उच्च भूभाग दामन सिमभञ्ज्याङ मा बुधबार परेको हिउँका कारण अवरुद्ध त्रिभुवन राजपथ आज बिहीबार साँझबाट सुचारु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाले जानकारी दिए ।
त्रिभुवन राजपथ अन्तर्गत दामनदेखि बसीफाँटसम्मको करिब ५ किलोमिटर सडकमा १ फिटदेखि साढे २ फिटसम्म हिउँ जमेको थियो । सडक डिभिजन तथा नगरपालिकासंगको समन्वयमा हिउँ पन्छाएर सडक सुचारु गरिएको हो ।







