बिहीबार २४१ जना कोरोना संक्रमित थपिए,मृतक संख्या शून्य

अखबार हब
२०७८ पुष १५, बिहीबार १८:१२

काठमाडौं । पछिल्लो २४ घण्टामा २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको ८ हजार ८९७ जनाको परीक्षणमा सो संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६ हजार ८४१ जनाको नमुना परीक्षणमा २३५ जना र एन्टीजेन विधिबाट २ हजार ८३ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा २८८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ११ हजार ७४६ पुगेको छ ।

बितेको २४ घण्टामा मृतक संख्या भने शून्य रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ जना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*