जेसीआई हेटौंडामा १० वर्षपछि सर्वसम्मत नेतृत्व

अखबार हब
२०७८ पुष १५, बिहीबार १६:३५

मकवानपुर । जेसीआई हेटौंडामा १० वर्षपछि सर्वसम्मत नेतृत्व चयन भएको छ । वर्ष २०२२ को अध्यक्षका लागि श्रवणकुमार बर्तौला र पवन कुमार कंशाकारको उम्मेदवारी परेको थियो । अध्यक्षका आकांक्षी श्रवण कुमार बर्तौलाले सहमतिका लागि आफूभन्दा अग्रज पवन कुमारलाई समर्थन गर्ने गरी उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

यो सँगै निर्वाचन आयुक्त राजदेव बनियाँले बिहीबार दिउँसो सर्वसम्मत अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरू घोषणा गरेका हुन् । यसअघि सन् २०१२ का लागि कृष्ण कटुवाल सर्वसम्मत अध्यक्ष चयन भएयता सर्वसम्मत नेतृत्व चयन हुन सकेको थिएन । 

दुई जना कार्यकारिणी उपाध्यक्षमा शिव कुमार श्रेष्ठ र संग्राम बल लामा सर्वसम्मत निर्वाचित भएका छन् भने उपाध्यक्ष पदमा महेश्वर अधिकारी, श्याम कृष्ण दहाल, संदिप जंग कार्की र अमित आचार्य सर्वसम्मत निर्वाचित भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*