चर्चित र्यापर ‘लाहुरे’ पोखराबाट पक्राउ
काठमाडौँ । चर्चित र्यापर आशिष राना मगर अर्थात् ‘लाहुरे’ पोखराबाट पक्राउ परेका छन् । लागुऔषध ब्राउन सुगर कारोबार गरेको आरोपमा प्रहरीले ‘लाहुरे‘ लाई पक्राउ गरेको हो ।
लाहुरेसहित चार जना जनालाई हिजो बुधवार राति पोखराको न्युरोडबाट पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए। लाहुरेको साथबाट लागुऔषध फेला नपरे पनि कारोबारमा संलग्न देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अघि बढाउने प्रहरीले बताएको छ ।







