पारदर्शिता कायम गर्छुः मन्त्री हुमागाईँ

अखबार हब
२०७८ पुष १४, बुधबार २०:४३

मकवानपुर । बागमती प्रदेशको कृषि, पशुपन्छी तथा मत्स्य मन्त्री बसुन्धरा हुमागाईँ आफू इमानदार भएको बताएका छन् । उनले आफू इमानदार भएकै कारण आफ्नो मन्त्रालयमा पारदर्शिता कायम गर्ने बताए हुन् ।

भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई टक्राइएर बनेको कृषि , पशुपन्छी तथा मत्स्य मन्त्री हुमागाईँ आफू कृषि क्षेत्रको व्यक्ति भएको कारण काम गर्न सहज हुने बताए। मन्त्री भएको १० दिन सम्म मन्त्रालयको बारेमा अध्ययन गरेको बताउँदै उनले आफ्नो मन्त्रालयले चालू वर्षमा गर्न सक्ने ५१ बुँदे मार्गचित्र –२०७८ तयार पारेको बताए ।

बागमती प्रदेशमा आवश्यकता र माग अनुसार अनुदान लगायत भौतिक संरचना तथा कृषकको हितको लागि काम हुने बताए। काम नगर्ने ठेकेदारको विरुद्ध कारबाही प्रक्रिया अघि बढाउने बताउँदै समग्र प्रदेशमा कृषकको हितको लागि काम गर्ने बताए । मन्त्रालयका सचिव शरण कार्कीले बुधबार पत्रकार सम्मेलन गर्दै ५१ बुँदे मार्गचित्र सार्वजनिक गरेका थिए । बागमती प्रदेशले प्रदेश कृषि विकास ऐन तर्जुमा गर्ने, प्रदेश पोल्ट्री विकास बोर्ड स्थापना गर्ने, रासायनिक मल भण्डार कक्ष निर्माण गर्ने जस्ता महत्वपूर्ण विषयहरू समेटेर ५१ बुँदे मार्गचित्र तयार पारेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*