माओवादी केन्द्रको बन्दसत्र आजबाट सुरु
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने भएको छ । बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने तय छ ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । उक्त प्रतिवेदनमाथि गहन छलफल हुनेछ । पार्टीको २५ वर्षको समीक्षा पनि गरिनेछ ।
बन्दसत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । माओवादी केन्द्रको महाधिवेशन पाँच दिनसम्म चल्नेछ ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजो महाधिवेशनको उद्घाटन गरिएको थियो । सोही स्थानमा बन्दसत्र र नेतृत्व चयन प्रक्रिया हुने पार्टीले जनाएको छ ।







