माओवादी कमजोर हुनुमा मै दोषी : दाहाल

अखबार हब
२०७८ पुष ११, आईतवार २०:१०

काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी कमजोरमा हुनुमा मुख्य दोषी आफैं भएको बताएका छन् । आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक प्रतिवेदनमा सबैभन्दा बढी आफ्नै समीक्षा र आत्मसमीक्षा गरेको बताएका छन् ।

उनले जनयुद्धदेखि अहिलेसम्म आइपुग्दा धेरै वटा घटनामा आफू नेतृत्व गरेको र अहिले माओवादी केही कमजोर भएको महसुस भएको बताए । ‘जनयुद्धको तयारीदेखि त्यसको सञ्चालनसम्मको नेतृत्व गरेँ । १२ बुँदे समझदारी र शान्ति सम्झौतासम्ममा सहभागी भएँ । संविधानसभा निर्माणदेखि संविधान निर्माण भयो । सरकारको नेतृत्व गरेँ’ दाहालले भने,‘पछिल्लो समयमा माओवादी केही कमजोर भएको महसुस भएको छ । अरुलाई आलोचना होइन,आरोपित गरेर हुँदैन । मैले आफैंलाई चिरफार गरेको छु ।’

यसमा तपाइको मत

Your email address will not be published.


*