ट्रक दुर्घटनामा एकको मृत्यु

अखबार हब
२०७८ पुष ९, शुक्रबार १०:४९

काठमाडौं । मेलम्ची नगरपालिका–१० शिखरपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बा २ ख ३६८९ नम्बरको महेन्द्रा निसान ट्रक आज बिहान ८ः३० बजे दुर्घटना हुँदा जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल सार्कीको मृत्यु भएको प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।

कार्की गाडीधनी हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*