ख्रिष्टमस पर्वको अवसरमा मकवानपुरको राक्सिराङमा भोलि सार्वजनिक विदा

अखबार हब
२०७८ पुष ८, बिहीबार १८:०२

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा पुस ९ अर्थात भोली (शुक्रबार० सार्वजनिक विदा हुने भएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बिहीबार एक सुचना जारी गर्दै शुक्रबार ख्रिष्टमस पर्वको अवसरमा गाउँपालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

जारी सूचनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै उक्त पर्व उच्च स्वास्थ्य सुरक्षा मापदण्ड एवं भौतिक दुरी कायम गरि भिडभाड नगरी मनाउन आग्रह गरेको छ । साथै, मतदाता नामावली सङ्कलनको कार्य सार्वजनिक विदाका दिन समेत यथावत रुपमा संचलन हुने व्यहोरा समते जानकारी गराइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*