वागमती प्रदेश : चार वर्षमा ३ मुख्यमन्त्री, ३० मन्त्री/राज्यमन्त्री

अखबार हब
२०७८ पुष ७, बुधबार ११:२२

मकवानपुर । नेकपा र त्यसपछि एमाले विभाजनले गर्दा वागमती प्रदेशले चार वर्षको अवधिमा ३ मुख्यमन्त्री पायो । एमालेका डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य हुँदै मुख्यमन्त्रीको कुर्सीमा अहिले नेकपा (एस)का राजेन्द्र पाण्डे आइपुगेका छन् ।

ढिलोमा आगामी मंसिरमा हुने प्रदेशसभाको चुनावअघि नै कांग्रेस ससदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री हुने सम्झौता छ । तर ३ जना नेतृत्वमा सरकार हुँदा मन्त्री र राज्यमन्त्री ३० जनाको संख्यामा पुगिसकेको छ । यो १ सय १० सदस्यीय सांसदको ३० प्रतिशत हो । १० जना मन्त्री बनाएका पौडेलको मन्त्रिपरिषद्मा‌ १ जना राज्यममन्त्री थिए । छोटो समय मुख्यमन्त्री रहेको शाक्यले १२ जनालाई मन्त्री बनाइन् । जसमा ८ जना मन्त्री र ४ जना राज्यमन्त्री रहेका थिए ।

शाक्यलाई विस्थापित गर्दै सत्तामा आएका पाण्डे मन्त्रिपरिषदमा हाल १० जना मन्त्री र १ राज्यमन्त्री रहेका छन् । कांग्रेसबाट थप ३ जना मन्त्री बनाउने उनको तयारी छ ।

माओवादीका सालिकराम जम्कट्टेल, एमालेका केशव पाण्डे र नेकपा ९एस०का कृष्ण शर्मा खनाल दोहोरिएर सरकारको जिम्मेवारी प्राप्त गरेका छन् । सरकारको नेतृत्व गर्ने नेकपा (एस) प्रदेशसभामा भने चौथो ठूलो दल हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*