कांग्रेस खुला केन्द्रीय सदस्यमा देउवा पक्षको कब्जा

अखबार हब
२०७८ पुष ४, आईतवार २०:३१

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ ।

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।

शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए । शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*