अनेरास्ववियु मकवानपुरले माघ ७ गते ‘अखिल साँझ’ गर्ने

अखबार हब
२०७८ पुष ३, शनिबार १३:०३

मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीको आज बसेको सचिवालय बैठकले अखिल साँझ गर्ने भएको छ ।

बैठकले केन्द्रिय कमिटीले जारी गरेको सर्कुलर अनुसार जिल्ला सम्मेलनको तयारी सन्देश दिनका लागि आउँदो माघ–७ गते “अखिल साँझ” कार्यक्रम गर्ने निर्णय गरेको अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जानकारी दिए।

एमाले पार्टी कार्यालय मकवानपुरमा बसेको बैठकमा मकवानपुरका पार्टी अध्यक्ष बद्रि लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।

सचिवालय बैठकमा अखिल केन्द्रिय सचिवालय सदस्य किशन घिसिङ, अनेरास्ववियु केन्द्रिय सदस्य आशिष अस्लामि, अनेरास्ववियु मकवापनुरका सचिव पुस्कर तिमल्सिना लगायत सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*