अझै पुगेन गण्डकीमा गठबन्धन सरकारलाई मन्त्रीको भाग
माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएपछि वैशाखमा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा पर्यो । सरकार जोगाउन उनले सात सदस्यीय मन्त्रिपरिषद्लाई ८ पुर्याउँदै स्वतन्त्र सांसद राजीव गुरुङलाई युवा तथा खेलकुदमन्त्री बनाए । गुरुङ त्यतिमै रोकिएनन् ।
सरकार टिकाउन जेठ ५ मा तीन मन्त्रालय टुक्य्राएर ११ पुर्याए । जेठ २९ मा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा गठबन्धन सरकार बन्यो । माओवादी केन्द्र, जसपा र स्वतन्त्र सांसद मनाङेको समर्थनमा उनी मुख्यमन्त्री बने ।
पोखरेल आएपछि अहिले गण्डकी सरकारमा मन्त्रीको संख्या १२ पुगेको छ । भागबन्डा मिलाउन अझै एउटा मन्त्रालय टुक्य्याउने सम्भावना रहेको एक नेताले बताए ।







