व्यक्तिको भाग खोज्दैनौं, विचारको प्रतिनिधित्व हुनुपर्छः रिजाल

अखबार हब
२०७८ मंसिर २९, बुधबार १६:०६

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेता डा. मिनेन्द्र रिजालले आफ्नो समूहले पार्टीमा व्यक्तिको भाग नखोज्ने तर विचारको प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा शेखर प्यानलसहित शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । सभापति पदको दोस्रो चरणको चुनावमा शेखर पराजित भए, देउवा सभापति चुनिएका छन् । अरु पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेमदवारले पाएको मत गणना गर्न बाँकी छ ।

महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन शेखर समूहले बुधबार आयोजना गरेको कार्यक्रममा महामन्त्रीका उम्मेदवार रिजालले आफूहरुको विचारको जित भइसकेको बताए । सभापतिमा चुनिएकोमा देउवालाई बधाइ दिँदै उनले भने, ‘जित हार महत्वपूर्ण होइन, नेपाली कांग्रेसको अनुहार कस्तो देखिन्छ, त्यो महत्वपूर्ण हो ।’

सभापतिमा पराजित भए पनि शेखर कोइरालाले आशा जाग्रित गरेको भन्दै उनले त्यो आशालाई कायम राखेर कांग्रेसलाई पुनर्जागरणको अभियानमा जुट्न आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*