कांग्रेस महाधिवेशनः आज उपसभापति पदको मात्र मतगणना हुने

अखबार हब
२०७८ मंसिर २९, बुधबार १५:३८

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए ।

उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उनले बताए । कांग्रेसमा सभापति पदको नतिजा भने आइसकेको छ ।

मंगलबार राति सार्वजनिक मत परिणाम अनुसार सभापतिमा २७३३ मत ल्याएर शेरबहादुर देउवा निर्वाचित भएका छन् । सभापति पदका अर्का उम्मेदवार शेखर कोइरालाले १८५५ मत पाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*