कांग्रेस चुनाव : सभापति पदको मतगणना राति १० बजेपछि

अखबार हब
२०७८ मंसिर २८, मंगलवार २१:१४

काठमाडौँ । सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणमा भएको मतदानको गणना आज(मंगलबार) राति १० बजेपछि हुने भएको छ ।

राति ८ बजे मतदान सकिने अनुमानसहित १० बजेपछि मतगणना हुने निर्वाचन समितिका सदस्य तेज बहादुर रावलले जानकारी दिए । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । मतदान अहिले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा चलिरहेको छ ।

सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धा छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा भने देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्याशी थिए ।

पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*