बागमती प्रदेशका नवनियुक्त ५ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

अखबार हब
२०७८ मंसिर २८, मंगलवार २०:४४

मकवानपुर । बागमती प्रदेशका ५ मन्त्री र १ राज्यमन्त्री शपथ लिएका छन् । हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा मंगलबार साँझ आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख यादव शर्मासमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

शपथ लिनेहरुमा नेकपा (माओवादी केन्द्र) का घनश्याम दाहाल श्रम रोजगार तथा यातायात, विशाल खड्का वन तथा वातावरण, रत्नप्रसाद ढकाल युवा तथा खेलकुद, नेकपा (एकीकृत समाजवादी) का बसन्तकुमार मानन्धर खानेपानी, उर्जा तथा सिँचाई र बसुन्धरा हुमागाईं कृषि तथा पशुपन्छीमन्त्री छन् ।

यस्तै कृषि तथा पशुपंछी राज्यमन्त्रीका रुपमा नेकपा (एस) की इन्द्रमाया गुरुङलाई शपथ लिएकी छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*