सभापतिमा देउवालाई विमलेन्द्र निधिको पनि साथ

अखबार हब
२०७८ मंसिर २८, मंगलवार १२:३६

काठमाडौँ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आगामी एक कार्यकालका लागि पार्टीका नेता विमलेन्द्र निधिले पनि समर्थन गरेका छन्।

पहिलो चरणमा निधि पनि सभापति पदका उम्मेदवार थिए। पहिलो चरणमा देउवाले सबैभन्दा बढी मत ल्याए पनि ५० प्रतिशत मत कटाउन भने सकेनन्।

दोस्रो धेरै मत सभापति पदका उम्मेदवार शेखर कोइरालाले ल्याएका थिए। देउवा र कोइरालाबीच आज अपरान्ह ३ः३० बजे सभापति पदमा फेरि निर्वाचन हुने भएको छ।

सभापतिमा फेरि निर्वाचन हुने भएपछि देउवाले सभापतिका उम्मेदवार भई पराजित भएका प्रकाशमान सिंह र निधिलाई आज भेटेर कुराकानी गरेका थिए।

सिंहले देउवालाई समर्थन गर्ने बताएका थिए। लगत्तै निधि निवास पुगेका देउवालाई पनि निधिले सभापतिमा समर्थन गर्ने बताएका छन्।

‘सभापतिमा उहाँले देउवालाई नै समर्थन गर्नुभएको छ। यसबारे विज्ञप्ति जारी गरेर विस्तृतमा बताउँछौं,’ निधिको सचिवालय स्रोतले भन्यो।

यसमा तपाइको मत

Your email address will not be published.


*