कांग्रेस महाधिवेशनः प्रकाशमानको प्यानलबाट सुजाता उपसभापति !

अखबार हब
२०७८ मंसिर २५, शनिबार १२:४९

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् ।

कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जानकारी दिए ।

प्रकाशमान निकट बानियाँले भने, ‘अहिलेसम्मको समझदारी त्यही हो । उहाँ प्रकाशमान दाइको टिमबाट उपसभापति लड्नुहुन्छ ।’ सभापति बानियाँले पदाधिकारीका लागि संस्थापन र पौडेल समूहका नेताहरूसँग छलफल भइरहेको बताए ।

सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमानले अहिले केहीबेरमा आफ्नो अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

कांग्रेसको निर्वाचन प्रक्रिया आजदेखि शुरु भएको छ । आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*