सुरुङमार्गको विरोधमा नेकपा ‘एस’ मकवानपुरका अध्यक्ष पोखरेल

अखबार हब
२०७८ मंसिर २५, शनिबार ११:३६

मकवानपुर । नेकपा एकिकृत समाजवादि मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले आफु सुरुङमार्ग निर्माणको विपक्षमा रहेको बताएका छन् । हेटौंडा बाट सञ्चालित एक टेलीभीजन सँगको अन्तरवार्तामा उनले आफु पहिल्यैदेखि भिमफेदि कुलेखानी सुरुङमार्ग निर्माणको विरोधमा रहेको बताएका हुन् । कमीशनको चलखेलका लागि नेकपा एमालेको निवर्तमान सरकारले सुरुङमार्गको योजना अघि सारेको उनको आरोप छ ।

यस भन्दा अघि आफु एमालेमै रहँदा समेत विरोध गर्दै आएको बताउँदै उनले भने , ”मैले जीन्दगीमा सधैँ सुरुङमार्गको विरोध गरेको हुँ , किनभने पहिले जनता सँग उठाएको पैसाबाट आरामदायी गाडि चढेका छन् , प्रचारप्रसारको नाममा विभीन्न ठाउँ घुम्न गएका छन् , जनताबाट उठाएको ४० करोँड पैसा सबै सक्काएपछि सुरुङ कहाँ बन्छ” ?

उनले केन्द्र र प्रदेश सरकारको समन्वय अभावमा कमीशन खाने भाँडो सुरुङमार्ग बनेको आरोप लगाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*