पूर्वडिआइजी खरेलले आज नयाँ दल घोषणा गर्दै

अखबार हब
२०७८ मंसिर २४, शुक्रबार ०९:४१

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले आज नयाँ दल घोषणा गर्दै छन् ।

आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल ‘नेपाल सुशासन पार्टी’ नामक घोषणा गर्न लागेका हुन् ।

देशले राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचारजस्ता कारणले विकासको गति लिन नसकेको भन्दै आफूले नयाँ पार्टी गठन गर्न लागेको उनले बताए ।

सुशासनअभियानमार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले २९ वर्ष प्रहरी सेवामा जीवन बिताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*