तास खेल्दै गरेका ६ युवा २ लाखसहित पक्राउ
दाङ । दाङमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा करिब २ लाख रकमसहित ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँका ३२ वर्षीय निमबहादुर भण्डारी, रोल्पा माडी गाउँपालिका ४ का ५७ वर्षीय रणे वली, वडा नं. ३ बस्ने ४० वर्षीय कुल बहादुर खड्का, सोही ठाउँका ३० वर्षीय रामकृष्ण खड्का, ४० वर्षीय राजेश वली र रोल्पा परिवर्तन गाउँपालिका ४ का ३८ वर्षीय ललित बूढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
बुधबार राति करिब साढे १० बजेतिर घोराही १३ डुम्मर गाउँ निवासी निमबहादुर भण्डारीको जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिप्रका दाङबाट गएको प्रहरी टोलीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।
उनका अनुसार प्रहरीले नगद १ लाख ९७ हजार ७५५ रुपैयाँ र खोलेका ५ गड्डी र नखोलेका ५ गड्डी तास बरामद गरेको हो।







