सिटौला निवासमा पुगे रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन् । बत्तिसपुतलीमा आफूपक्षीय नेताहरुसँगको छलफलको बीचमै निस्किएका पौडेलले पूर्वमहामन्त्री सिटौलालाई भेटेका हुन् । सिटौला निवासमा उनीहरुबीच छलफल भएको हो ।
संस्थापनइतर समूहबाट सभापतिको उम्मेदवार चयन गर्न अन्तिम रस्साकस्सी चलिरहेको छ । पौडेल समूहबाट नेता पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा। शेखर कोइराला सभापतिका आकांक्षी छन् । सिंह र कोइरालाबीच सहमति नजुटे पौडेल आफैं सभापतिका लागि अगाडि बढ्ने रणनीतिमा छ ।
अहिले बत्तिसपुतलीमा पौडेल पक्षले केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिका साथै प्रदेश अध्यक्षका उम्मेदवारहरुसँग छलफल गरिरहेको छ । मंगलबार पौडेल पक्षका सभापतिका आकांक्षीसहितका केन्द्रीय सदस्यहरूबीच दिनभर छलफल भएपनि साझा उम्मेदवार टुंगो लगाउन सकेनन् ।







