काँग्रेस बागमती प्रदेशको सभापतिमा बानियाँ विजयी

अखबार हब
२०७८ मंसिर १९, आईतवार २१:४७

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।

नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदमा आज भएको दोस्रो चरणको निर्वाचनमा बानियाँ विजयी भएका हुन् ।

कूल २ हजार १ सय ५१ मतमध्ये २ हजार २५ मत खसेकामा बानियाँ १ हजार ८५ मतसहित विजयी भएका छन् भने उनका निकटत्तम प्रतिद्वन्द्वी जग्दिश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरेका थिए । १३ मत बदर भएको निर्वाचन मण्डलले जनाएको छ ।

हिजो (शनिबार) सम्पन्न निर्वाचनमा सभापतिकाका उम्मेदवार ईन्द्रबहादुर बानियाँ, जगदीश नरसिंह केसी र भिमसेन दास प्रधानले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसक्दा आज पुनः मतदान भएको हो । सभापतिका उम्मेदवार भिमसेन दास प्रधानले पत्रकार सम्मेलन गरी आफ्नो समर्थन ईन्द्रबहादुर बानियाँलाई दिएका थिए । यद्यपी निर्वाचन कार्यालयले भने आधिकारिक नतिजा सार्वजनिक गरेको छैन।

यसमा तपाइको मत

Your email address will not be published.


*