सक्षम नेतृत्व चयन गर्नुपर्छ: प्रकाशमान सिंह

अखबार हब
२०७८ मंसिर १६, बिहीबार १६:५२

मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीको वर्तमान नेतृत्व असफल भइसकेको कारण महाधिवेशनबाट सक्षम नेतृत्व चयन गर्न जरुरी रहेको औंल्याएका छन् ।

विहीबारबाट हेटौंडामा सुरु भएको वाग्मती प्रदेशको पहिलो अधिवेशन उद्घाटनपश्चात् सञ्चारकर्मीस“ग कुराकानी गर्दै नेता सिंहले पार्टीको १४ औं महाधिवेशनअन्तर्गत् देशैभरबाट चुनिएका प्रतिनिधिहरुलाई सक्षम नेतृत्व चयनको पक्षमा मतदान गर्न समेत अपिल गरेका छन् ।

‘हामीले संविधान जारी गरेका थियौं । हाम्रो पक्षमा बहुमत आउनुपर्ने थियो । तर, कम्युनिष्टको पक्षमा गयो । यो नै हाम्रो नेतृत्वको असफलताका कारण भएको छ । त्यसकारण हामीले सक्षम नेतृत्व चयन गर्न जरुरी रहेको छ ।’, उनले आगामी अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताए । ‘सभापतिमा मेरो उम्मेदवारी रहन्छ । संविधानको रक्षा, संघीयताको पूर्णरुपमा कार्यान्वयन र पार्टीको भातृ तथा शुभेच्छुक संघसंस्थालाई चलायमान बनाउन मैले उम्मेदवारी दिने तयारी गरिरहेको छु ।’, उनले भने ।

उनले पार्टीको महाधिवेशन प्रतिनिधिमा चुनिएकामध्ये आधाभन्दा बढी युवाको वर्चश्व रहेका कारण उनीहरुको मन जित्न सक्ने नेतृत्व सभापतिमा आउने समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*