कैलालीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थिति तनावग्रस्त

अखबार हब
२०७८ मंसिर ९, बिहीबार १३:४२

कैलाली । कैलालीको लम्कीमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो १२ तिर लम्कीचुहा नगरपालिका–१ पेट्रोल पम्प नजिकै ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ५० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक महिलाको पहिचान खुल्न सकेको छैन । महिलालाई ठक्कर दिने नवलपरासीका ट्रक चालक राजकुमार चौधरीलाई प्रहरीको नियन्त्रणमा लिइसकेको छ । ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका छन् । आक्रोशित भीडले ट्रक तोडफोड पनि गरेको छ ।

भीड नियन्त्रण गर्न प्रहरीले आधा दर्जन बढी सेल अश्रु ग्यास प्रहार गरेको छ । अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*