एमाले माहाधिवेशन : मकवानपुरबाट को–को बन्दै छन् केन्द्रीय सदस्यको उम्मेदवार ?
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औँ राष्ट्रिय माहाधिवेशन चितवनमा मंसिर १० गतेबाट १२ गतेसम्म हुदैँछ । भोलि चितवनको नारायणी नदीको किनारमा महाधिवेशनको उद्घाटन हुने र १२ गते पर्यटकीय क्षेत्र सौराहामा बन्दसत्र हुनेछ ।
एमालेको केन्दीय पदाधिकारी सहितको पदमा नेताहरुले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । एमालेको १० औँ माहाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत दोहोरिने भएका छन् । तर नेता भिम रावलले भने आफ्नो पार्टी अध्यक्षमा उम्मेदवारी रहने घोषणा गरिसकेका छन् ।
यस्तै अन्य नेताहरुले पनि घोषणा गर्ने क्रम चलिरहेको छ । मकवानपुर जिल्लाबाट पनि १७ जना महाधिवेशन प्रतिनिधि बनेर जादैँ छन् । मकवानपुरको २ वटा प्रतिनिधि क्षेत्रबाट ८/८ जना र एक जना दलित महाधिवेशन प्रतिनिधि बनेर जाने भएका हुन् । यस्तै बुधबार एमाले मकवानपुरले रघुनाथ खुलाल र आरती पाठकलाई पनि माहाधिवेशन प्रतिनिधिमा मोनोनित गरेको छ ।
हाल सम्म राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, संघिय साम्सद कृष्ण दाहाल,सुवास चन्द्र ठकुरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् । यसै गरि बागमती प्रदेश सदस्य महेश बर्तौलाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।
यस्तै केन्द्रीय सदस्यमा मकवानपुर बाट प्रदेश कमिटिको अन्नत पौडेल,रघुनाथ खुलाल लगाएतकाको पनि उम्मेदवारी दिने सम्भावना छ । एमाले बागमती प्रदेशको सह–इन्चार्ज एव् केन्द्रीय सदस्य डोरमणी पौडेलले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सम्भावना छ ।







