हेटौंडामा एमाले महाधिवेशनको डिजिटल प्रचार

अखबार हब
२०७८ मंसिर ९, बिहीबार ०९:५७

मकवानपुर । एमाले मकवानपुरले चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनको लागि ठाउँठाउँमा स्वागत गेट राख्ने भएको छ । राप्तीरोडबाट लोथर सम्म १० वटा गेट निर्माण गर्ने महाधिवेशन प्रचार प्रमुख नवीन सिग्देलले जानकारी दिए ।

एमाले मकवानपुरले महाधिवेशनको डिजिटल ब्यानर राखेर चोकचोकमा प्रदर्शन समेत गरिरहको छ । एमाले मकवानपुरले मंसिर १० गते चितवनमा हुने एमालेको राष्ट्रिय महाधिवेशन सफल पार्न मंगलबार हेटौंडामा बृहत मोटरसाइकल र्‍याली गरेको थियो । मकवानपुर जिल्लाबाट झण्डै २ हजार मोटरसाइकल, १ हजार साना सवारी र २ सय बसमा ३५ हजारभन्दा बढी कार्यकर्ता महाधिवेशनमा जाने तयारी भइरहेको एमाले मकवानपुरका अध्यक्ष बद्रि लम्सालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*