पालिका कमिटी विस्तारमा एकीकृत समाजवादी
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीको पालिका कमिटी गठन गरिएको छ । मिलनचन्द्र राईको अध्यक्षतामा एकीकृत समाजवादीको ८५ सदस्यीय पालिका कमिटी गठन गरिएको हो ।
पालिका कमिटीको उपाध्यक्षमा डम्बरबहादुर अधिकारी, लीलाबहादुर राई र टिकामाया राई, सचिवमा सविन राई, सहसचिवमा मिलनकुमार राई, रेवाधन लिम्बू र डम्बर राई तथा कोषाध्यक्ष सरला राई चयन भएका छन् ।
यस्तै, युवराज राईको अध्यक्षतामा २५ सदस्यीय आदिवासी जनजाति महासंघ पालिका कमिटी गठन गरिएको एकीकृत समाजवादी खोटाङका सचिवालय सदस्य एवं युवा तथा खेलकुद विभाग प्रमुख माइतीराज राईले जानकारी दिए ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं खोटाङ सहइन्चार्ज बिरबलकाजी राई, प्रदेश कमिटी सदस्य उदयबहादुर कार्की र प्रदेश समन्वय कमिटीका सदस्य बज्रकुमार राईको उपस्थितिमा पालिका कमिटी तथा आदिवासी जनजाति महासंघको पालिका कमिटी गठन गरिएको हो ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा मकर राईको अध्यक्षतामा ५१ सदस्यीय एकीकृत समाजवादीको नगर कमिटी गठन गरिएको छ । नगर कमिटीको उपाध्यक्षमा दिनेश दाहाल र चाँचरी राई, सचिवमा मधु दाहाल, सहसचिवमा रमेश खड्का र कोपिला राई चयन भएको एकीकृत समाजवादीले जनाएको छ ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य कुलप्रसाद शर्मा फुयाँल, जिल्ला उपाध्यक्ष अकिल राईलगायतको उपस्थितिमा नगर कमिटी गठन गरिएको हो ।
१० स्थानीय तह रहेको जिल्लामा एकीकृत समाजवादीले संगठन विस्तार अभियान सञ्चालन गरिरहेको छ । हालसम्म बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका लगायतका पालिकामा कमिटी विस्तार गरिसकिएको एकीकृत समाजवादीका जिल्ला इन्चार्ज बबी चाम्लिङले बताए ।







