गुट–उपगुटविरुद्धका अभियन्ता मैनाली महाधिवेशन प्रतिनिधिमा विजयी
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत् मकवानपुर जिल्लामा पार्टीभित्र मौलाउ“दै गरेको गुट–उपगुटविरुद्धको अभियान सञ्चालन गरेका युवा विजयी भएका छन् ।
कांग्रेसको वडा तहबाटै संस्थापन र संस्थापन इतरवीच चुनावी प्रतिस्पर्धा भइरहेको समयमा गुट र उपगुट विरुद्ध अभियान सञ्चालन गरेको हेटौंडा–१, चौकीटोलका राज मैनाली महाधिवेशन प्रतिनिधिको रुपमा विजयी हुन सफल भएका हुन् । २ वटा प्रतिनिधिसभा रहेको मकवानपुरबाट ५२ जना महाधिवेशन प्रतिनिधि छनौट भएकोमा शेरबहादुर देउवा पक्षको ३७ जना, संस्थान इतरबाट १४ जना छनौटहु“दा मैनाली तटस्थ नै रहेर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट २६ जना प्रतिनिधिसभा सदस्यमध्ये १४ जना देउवा पक्ष, ११ जना संस्थापन इतर र उनी तटस्थ व्यक्ति छनौट भएका छन् । मैनालीले खुला पुरुषतर्फ प्रतिस्पर्धा गरेका थिए । उनी उम्मेदवार रहेको स्थानमा २७ जनाको उम्मेदवारी रहेको थियो । जसमध्ये दशजना महाधिवेशन प्रतिनिधिमा छनौटहु“दा उनी ९ औं नम्बरमा रहेर ३३२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
‘मैले कुनै पनि गुटमा नरहेर उम्मेदवारी घोषणा गर्दै कसैले पत्याएनन् । तर, मैले हार नमानी चुनाव प्रचार गरिरहे । जिल्लाको नाम चलेका नेताहरुले मलाई गुटभन्दा बाहिर रहेर चुनाव जित्न नसक्नेभन्दै आफूहरुको समूहलाई सहयोग गर्न आग्रह गरेका थिए ।’, ३४ वर्षीय मैनालीले पार्टीभित्र मौलाउ“दै गएको गुट र उपगुटको राजनीतिविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएपछि युवा प्रतिनिधिले आफूलाई साथ दिएको बताए ।
‘कतिपय नेताहरुले मैले उठाएको विषयलाई हा“सोमा उडाएका थिए ।’, मैनाली पेशाले निर्माण व्यवसायी हुन् । ‘मैले सवै प्रतिनिधिलाई भेटेर मत मागेको थिए“ ।’, उनले नेताहरु गुटको पछाडि लागेर आफ्नो कार्यकर्तास“ग मत नमागेको र आफूले सवै मतदातालाई भेटेको कारण विजयी भएको दावी गरे ।







