विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

अखबार हब
२०७८ मंसिर ६, सोमबार १७:४६

काठमाडौं । उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । सोमबार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् ।

चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएका निर्वाचन समितिले जानकारी दिएको छ । उनी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*