मकवानपुर क्षेत्र नम्वर १ प्रदेशसभा (ख) को सभापतिमा बानियाँ
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) को सभापति पदमा राजेश बानियाँ निर्वाचित भएका छन् ।
उनले १७७ मत प्राप्त गर्दा उनको प्रतिद्धन्दी रमेशध्वज कार्कीले ८३ मत प्राप्त गरेको मतदान अधिकृत रामकुमार अधिकारीले जानकारी दिए ।
उपसभापतिमा विनोद शर्मा र शुक्रराज जोशी निर्वाचित भएका छन् । शर्माले १६० र जोशीले १५६ मत प्राप्त गरेका हुन् । अर्की उम्मेदवार रिना गौतमले ९३ मत र सुभाष न्यौपानेले ७६ मत प्राप्त गरेका थिए । त्यस्तै सचिव पदमा गोकर्ण सुवेदी र प्रदिप कँडेल निर्वाचित भए । सुवेदीले १८०, कँडेलले १९२ मत प्राप्त गर्दा अर्का उम्मेदवार बिक्रम लामाले १०६ मत प्राप्त गरे । सह सचिव पदमा सानुकान्छा दोङ र केदारप्रसाद ढोडारी निर्वाचित भएका छन् ।







