कांग्रेस प्रदेशसभा अधिवेशनः मकवानपुरको ४ वटै प्रदेश सभा क्षेत्रको निर्वाचन सकियो

अखबार हब
२०७८ मंसिर ३, शुक्रबार १८:३२

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज भएको मकवानपुरका ४ वटै प्रदेश सभा क्षेत्रमा कांग्रेसको निर्वाचन सकिएको छ ।

मतदान सकिएसँगै अबको केहीबेरमा मतगणना सुरु गर्ने तयारी गरिएको छ । ४ वटा प्रदेश सभा क्षेत्रमध्ये प्रदेश सभा क्षेत्र नम्बर १ को (क) सभापतिमा सुशान्त श्रेष्ठसहितको पदाधिकारीहरु निर्विरोध निर्वाचि भएका छन् ।

यस्तै प्रदेश सभा १ को (ख) मा सभापतिको लागि राजेश बानियाँ र रमेशध्वज कार्कीको प्यानलबिच प्रतिस्पर्धा भएको छ । प्रदेश सभा १ को (ख) मा दलित प्रतिनिधि तर्फ कृष्ण नेपाली र अल्पसंख्यकतर्फ सविन भट्टराई निर्विरोध चयन भएका छन् । अन्य सभापति, उपसभापति लगायतको पदमा मतदान भएको निर्वाचन अधिकृत रामकुमार अधिकारीले बताए । उनले मतगणना सुरु गर्न लागेको जानकारी दिएका छन् ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ को (क) मा पनि मतदान सकिएको छ । प्रदेश सभा २ (क) मा महिला प्रदेश प्रतिनिधि, दलित प्रतिनिधि र अन्य प्रतिनिधितर्फको उम्मेदवारहरु निर्विरोध भएका छन् भने सभापति, उपसभापति लगायतको पदमा मतदान भएको थियो ।

यस्तै गरि प्रदेश सभा २ को (ख) मा सभापतिको लागि रञ्जन कालाखेति र रामकृष्ण प्रजाको प्यानलबिच प्रतिस्पर्धा भएको छ । सभापति, उपसभापति लगायतको पदमा मतदान भएको निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले बताए । न्यौपानेका अनुसार मतगणना सुरु गर्न लागेको जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*