मकवानपुर प्रतिनिधिसभा १ ‘ख’ को मतदान सम्पन्न,५ बजेबाट मतगणना

अखबार हब
२०७८ मंसिर ३, शुक्रबार १७:५५

मकवानपुर। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको क्षेत्र नं १ को (ख) प्रदेशसभाको क्षेत्रीय कार्यसमिति र क्षेत्रीय प्रतिनिधीका लागि भएको निवार्चनको मतदान कार्य सम्पन्न भएको छ।

हेटौंडा–५ अब्बल डाँडा स्थित जय गणेश पार्टी प्यालेसमा भएको मतदान कार्य सम्पर्ण भएको निर्वाचन अधिकृत रामकुमार अधिकारीले जानकारी दिए।

२६७ मा २६६ प्रतिनिधिले मतदान गरेको मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को (ख) मा सभापतिमा राजेश बानियाँ र रमेश ध्वज कार्की दुई जनाको प्यानल चुनावी मैदानमा रहेका छन। ५ बजेबाट मतगणना कार्य सुरु गरिने र आजै मतपरिणाम आइसक्ने निर्वाचन अधिकृत अधिकारीले बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*